Fri. Mar 29th, 2024

पछिल्लो समय नेपाली सिनेनगरिका कलाकारहरुको लगान जुर्ने क्रममा आज नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का विवाह बन्धनमा बाधिने भएका छन् । स्वेता खड्काको पहिलो चलचित्र कहाँ भेटिएलाबाट श्रीकृष्ण र स्वेताको हिमचिम निकै बढ्को थियो । त्यसपछि देखी नै उनीहरु व्यापार व्यवसाय देखी चलचित्रमा समेत सगँ सगै देखिन थाले ।
करिब ५ बर्ष सम्मको साथिको मात्र नाता थियो भन्न रुचाउने उनीहरु अब भने उनीहरुको साथिको नाता जिबनसाथीमा परिणत हुने भएका छन् । चलचित्र कहाँ भेटिएलाबाट आम दर्शकको रोजाइमा परेका श्रीकृष्ण र स्वेता आम दर्शकले पनि आफुहरुको विवाह होस भन्ने चाहेकाले पनि आफुहरु विवाह बन्धनमा बाधिन लागेको श्रीकृष्ण र स्वेताले बताएका छन् ।
10444540_10202970555238034_2261214479859809285_n
श्रीकृष्ण श्रेष्ठद्धारा निर्माण भएको चलचित्र कोहिकूर साउन २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । सो चलचित्रमा पनि स्वेता र श्रीकृष्ण श्रेष्ठको नै मुख्य अभिनय देख्न पाइने छ । आज विवाह सम्पन्न भए लगतै साझँ निकै ठुलो रिसेप्सनिष्ट पार्टी दिइने बताइएको छ । पार्टीमा मात्र करोडौ भन्दा माथिको खर्च हुने अनुमान लगाइएको छ । २७ बर्ष सम्म मेरो राजकुमार को होला भन्दै सोच्ने स्वेता आजबाट भने उनी पक्का भएकी छिन् ,उनी श्रीकृष्ण श्रेष्ठको जिबनसाथी बन्ने । खड्का परिवारबाट हुर्किबढ्की स्वेता अब भने श्रेष्ठ परिवार सगँ घुलमिल हुनु पर्ने छ ।
नेपालका निकै चर्चित कम्पनी सम्हाल्दै आएकी एक सफल विजनेस युवती स्वेता अब भने घरपरिवार देखी विजनेस,चलचित्रलाई एकसाथ लग्नु पर्ने चुनौती रहेको छ । उमेरले ५० पुग्न लागिसकेका श्रीकृष्ण राम्रो,असल जिबन साथिको पर्खाइमा थिए । अब भने त्यो खोजाई बास्तविकतामा परिणत हुदै छ । अब श्रीकृष्णले बास्तविक जिबनमा नै राजकुमारी आज घर भित्राउदै छन् । श्रीकृष्णद्धारा अभिनित चलचित्र ए मेरा हजुर,हामी तिन भाई जस्ता निकै चर्चित चलचित्रहरुमा श्रीकृष्णले अभिनय गरिसकेका छन् । अब भने स्वेता र श्रीकृष्ण एउटै घर मुनी श्रीमान र श्रीमति भएर बस्ने छन् ।

%d bloggers like this: