Wed. May 1st, 2024

दिपेन्द्र वली- सुर्खेत, २३/ सुर्खेतका विभीन्न ठाउँ तथा कलाकारलाई केन्द्रित गरि छायाँकन गरिएको नेपाली कथानक चलचित्र ‘लफङ्गा’ साउन महिनाको तीन गतेदेखि प्रदर्शनमा आउने भएको छ । बाबु बलामी र सुर्खेती युवा ओमप्रकाश शर्माको निर्माण रहेको नयाँ चलचित्र ‘लफाङ्गा’ सुर्खेतसहित देशभर प्रदर्शनमा आउन थालेको हो ।lafanga
चलचित्रका निर्माता तथा निर्देशक वि.एस बलामीले सुर्खेतमै छायाँकन र सुर्खेती कलाकारले अभिनय गरेकाले यो चलचित्र धेरैले मन पराउनेछन् । चलचित्रको अधिकांश कथा सुर्खेत उपत्यका र आसपासका स्थानहरुमा नै छायाङ्कन गरिएका छन् । चलचित्र प्रदर्शनमा आउनेबारे आज  पत्रकार सम्मेलन गरिँदैछ । चलचित्रमा सुर्खेती युवा प्रेम शर्मा नायकको भूमिकामा रहनुभएको छ, भने सुर्खेतकै निरुता शाही नव नायिकाको भूमिकामा देखिनु भएको छ ।
चलचित्रमा नायिका सीमा केसीको पनि अभिनय छ । करिब ६० जना कलाकारको भूमिका रहेको चलचित्रमा श्रेया सिंह ठकुरी बाल कलाकारको रुपमा रहनुभएको छ । विजय रोका, असिम, ललित कसेरालगायतले अभिनय ‘लफङ्गा’मा रहेका छन् । निरज कंडेलले छायाङ्कन गरेको चलचित्रको कथा लेखन बलामीकै परिकल्पनामा विवेक सापकोटाले गर्नुभएको हो, भने चलचित्रमा राजेन्द्र चौधरीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।lafanga2
चलचित्रमा सङ्गीत भने टंक बुढाथोकीले दिनुभएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा युवाहरु बेरोजगारी, गरीबी जस्ता कारणले दुब्र्यसनीमा लाग्ने तीनलाई प्रहरी प्रशासन र नेतालेसमेत सही परामर्श नदिँदा मानिस साँचिकै लफाङ्गा बन्छ भन्ने कुरालाई देखाउन खोजिएको बताइएको छ । यसअघि ‘जंगली मान्छे’, ‘बलवान’, ‘मार्योनी मायाले मार्यो’, ‘जंगली क्वीन’, ‘युज’ ‘सुट आउट’ र लक्की–सेभेन जस्ता चलचित्र निर्माण गरिसकेका बलामीले लफङ्गा पनि नेपाली दर्शकलाई लक्षित गरी निर्माण गर्न लागिएकोले सबैले मनपराउने आशा राखेको बताउनुभयो ।

%d bloggers like this: