Sat. Oct 26th, 2024

असार २७ गतेदेखि प्रदशनको तयारीमा रहेको फिल्म नागबेलीले सडकका घुम्ती घुम्तीमा सडक सन्देश दिने पोस्टर्स टाँसेको कुरा सेलाउन नपाउ्रदै पुन फिल्म युनिटले यस्तै अर्को नौलो प्रचारशैली अपनाएको छ। हिजो शनिबार ‘नागबेली फिल्मका सम्पूर्ण कलाकार मिलेर बाग्मती किनार सरसफाई गरेका छन ।naagbeli (1)
उक्त सरसफाई कार्यक्रममा सहभागी बन्न निर्देशक गोविन्द राई, निर्माता रोमियन लिम्बु, कलाकारहरु यशराज गराच, सम्भव श्रेष्ठ, सम्पादक वनिश शाह लगायत थापाथलीस्थित बाग्मती पुल किनार पुगेर सरसफाई कार्यमा कस्सिएका थिए ।सामाजिक कार्यलाई जोड दिदैं फिल्मको प्रचारप्रसार गर्ने यो शैलीको सर्वत्र प्रशंशा समेत हुन थालेको छ ।जसबाट फिल्मका निर्देशक गोविन्द राई मख्ख परेका छन ।nagbeli_20140329094829
वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा होमिनुपर्ने नेपाली युवाहरुको कथा बोकेको फिल्म ‘नागबेली’मा दयाहाङ राई, हर्षिका श्रेष्ठ, विक्की मल्ललगायतले पनि अभिनय गरेका छन । यसको कथा भने समिक्षक दीपेन्द्र लामाले लेखेका हुन।