Fri. Mar 29th, 2024

नेपाल–भारत पुस्तकालय, सुन्धारामा फिल्म कबड्डी र बाँसुली प्रदर्शन गरिएको छ ।नेपालस्थित भारतीय राजदूतावास र बीपी कोइराला भारत नेपाल प्रतिष्ठानको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको सिनेमान्डुको सोह्रौं श्रृंखलाअन्तर्गत यि दुई फिल्म एकसाथ प्रदर्शन गरिएको हो ।kabadhi-720x371
कबड्डी व्यवसायिक रुपमा सफल र बहुचर्चित फिल्म हो भने बाँसुली मीन भामद्वारा लिखित तथा निर्देशित हालै मात्र भेनिस फिल्म फेस्टिवलमा प्रदर्शन गरिएको छोटो फिल्म हो । उक्त कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक रामबाबु गुरुङ, कलाकार निश्चल बस्नेत र कमलमणि नेपाल सहभागी भएका थिए ।
फिल्म प्रदर्शन पश्चात् दर्शकहरुले निश्चल र रामबाबुसँग खुला अन्तरक्रिया समेत गरेका छन ।

%d bloggers like this: