Thu. Apr 18th, 2024

पछिल्लो समय नेपाली सिनेनगरिमा लागेका कलाकारहरुको विवाह हुने क्रम बढ्दै गएको छ । केहि महिना अगाडी मात्र नायक राजेश हमाल,नायिका रेजिना उप्रेति,नायक आर्यन सिग्देन जस्ता कलाकारको विवाह भइसकको छ भने अब पछिल्लो समय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको असार २३ गते हुन लागेको विवाहले हाल नेपाली सिनेनगरी निकै चर्चामा रहेका छ । अब पछिल्लो समय विवाहको चर्चा बटुल्दै गएका छन् बरिष्ठ अभिनेत्री मिथिला शर्मा ।
mitila sharma
मोतिलाल बोहोरा सगँ अभिनेत्री मिथिला शर्मा केहि बर्षदेखी नजिक रहेकी थिइन । उनीहरु विच धेरै बर्ष अगाडी देखी नै प्रेम सम्बन्ध रहिरहेको थियो । अब भने उनीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुने भएको छ । शर्मा र बोहोराका बीच शनिबार पारिवारिक जमघटका बीच टिकाटालो भएको छ । अभिनेत्री मिथिला शर्माले ७४ वर्षीया मोतिलाल बोहोरासँग टिकाटालो गरेकी हुन् ।
बुढेसकालमा सुरु भएको प्रेम सम्बन्धलाई शर्मा र बोहोरालो केही समय अघि मात्र वैवाहिक जीवनमा बाधिने निर्णय गरेका थिए । आज भएको टिकाटालो पछि शर्मा र बोहोराको वैवाहिक जीवन यात्राले औपचारिकता सुरु गरेको छ । टिकाटालो शनिबार भएको भए पनि विवाहको मिति भने तय भइसकेको छैन ।
 

%d bloggers like this: