Fri. Apr 19th, 2024

पछिल्लो समय चलचित्रहरुको व्यापार सोचे अनुरुप नभईरहेको अबस्थामा शुक्रबार मात्र प्रदर्शनमा आएको चलचित्र ‘अनौठो प्रेम कथा’ले भने राम्रो व्यापार गरेको छ । कन्चन शाहीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘अनौठो प्रेम कथा’मा कन्चन शाही ,सुष्मा अधिकारी, सन्तोष वली, नीरन्जन थापा, सपना ताम्रकार लगायतको मुख्य अभिनय रहेको छ । दिपेन्द्र थपलियाको छयांकन रहेको चलचित्रमा सुरेश अधिकारीले संगीत दिएका छन् ।
anautho prem katha
के एस फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘अनौठो प्रेम कथा’ माया पबित्र हुन्छ र मायामा कुन हदसम्म त्याग गर्न सक्नुपर्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको निर्माण पक्षले बताएको छ । देशभर प्रदर्शनमा आएको चलचित्र ‘अनौठो प्रेम कथा’ लाई यति बेला आम दर्शकले निकै रुचाइएको बताइएको छ । चलचित्रले सनिबार बिहानीको सबै शो मा राम्रो सुरुवात गरेको भन्दै निर्देशक शाहीले आफू अत्यन्त खुशी भएको बताए ।
चलचित्र ‘अनौठो प्रेम कथा’ सगँ एक साथ प्रदर्शनमा आएको चलचित्र ‘चिहान’ले भने पहिलो दिनमा नै ढुङ्गा चपाउनु परेको छ । चलचित्र ‘चिहान’ हर्ने भन्दा दर्शक चलचित्र ‘अनौठो प्रेम कथा’ हर्ने नै हल सम्म पुगेको हलवालाहरुले बताएका छन् । चलचित्र ‘चिहान’लाई बद्रिकृष्ण श्रेष्ठको निर्माण निर्देशन गरेका छन् । चलचित्र चिहानमा निरज बराल, पुजना प्रधान, लगायतको अभिनय रहेको छ । पहिलो दिनमा नै निकै राम्रो सुरुवात गरेको चलचित्र ‘अनौठो प्रेम कथा’ले अरु दिन पनि सोचेअनुरुपको व्यापार गर्नेमा चलचित्र युनिट निकै विस्वस्त छ ।

%d bloggers like this: