Fri. Mar 29th, 2024

बलिउड बक्सअफिसमा धमका मच्चाएको चलचित्र ‘धुम ३’ ले अब चिनमा पनि धुम मच्चाउने भएको छ । भारतिय सिनेमाघरमा लागेर बाहिरिसकेको चलचित्र ‘धुम ३’ अब जुलाई २५ मा चिनमा प्रदर्शन हुने भएको छ ।
dhoom3
चिनको एक समाचार एजेन्सीका अनुसार चिनमा कति वटा सिनेमाहरुमा ‘धुम ३’ प्रदर्शन हुने भने अहिले थाहा नभएको बताइएको छ । हलिउडका एक पत्रकारका अनुसार बलिउड चलचित्र ‘धुम ३’ झण्डै २०० वटा सिनेमाहलहरुमा देखाइने बताइएको छ । पहिलो पटक भारतिय फिल्म चिनमा यति धेरैहलहरुमा लाग्ने छ ।
अहिले चलचित्र ‘धुम ३’ चिनमा देखाउनका लागी त्यहाँको नियमले केहि असहज भएको बताइएको छ । किनकी चिनमा बर्षमा ३५ वटा विदेशी चलचित्र मात्र प्रदर्शन हुने नियम रहेको छ । यस भन्दा पहिले धेरै कम चलचित्रहरु चिनमा प्रदर्शन भएका छन् ।

%d bloggers like this: