Sat. Oct 26th, 2024

काठमाडौं । नेपाली संगितिक आकाशका निकै लाकेप्रिय गायक एवं इन्डिय आइडियल विजेता समेत भइसकेका र भारतीय प्रहरी समेत रहेका प्रशान्त तामाङलाई भारतीय प्रहरीको सेवाबाट वर्खास्त गरिएको छ ।
prashanta
प्रशान्त सन् २००९ देखि २०१४ सम्म एक हजार आठ सय ७० दिन गयल भएको भन्दै पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेपनि चित्तबुझ्दो कारण नदेखिएपछि भारतीय प्रहरीले प्रशान्तलाई कारवाही गरेको हो ।
पश्चिम बंगाल प्रहरीमा कार्यरत प्रशान्तका बाबु मदन तामाङ सेवारत हुँदा नै निधन भएपछि प्रशान्तले प्रहरीको जागिर पाएका थिए । तर, इन्डियन आइडल बनेपछि उनको ख्याति एकाएक माथि पुग्दा व्यस्त हुँदा जागिरलाई वेवास्ता गरेका थिए ।