Wed. Apr 24th, 2024

पछिल्लो समय नेपाली सिनेनगरिमा चलचित्रहरु भित्रने क्रम बढ्दै गएको छ । त्यहि क्रममा अब भदौ २० गते ‘विर्खेलाई चिन्छस’ नामक चलचित्र प्रदर्शनमा आउने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ‘विर्खेलाई चिन्छस’ नामक चलचित्र प्रदर्शनका लागी तयार भइसकेको बताइएको छ ।
birkhe lai chinchas
 
चलचित्रका पात्र विर्खे नेपाली समाजमा एक असाधारण व्यक्ति रहेको चलचित्र युनिटले बताएको छ । विर्खे नेपाली समाजमा दुख सुख पर्दा निकै साथ दिन चरित्रको रुपमा देखिने छन् । चलचित्रलाई अराज केशव गिरीले निर्देशन गरेका हुन् भने सुवास थापाले निर्माण गरेका हुन् ।
चलचित्रमा सुवास थापा, आयुशा राई,बिनिता खड्का,सुरेश उप्रेति,बालदिप राई,सुरविर पण्डित आदीको चलचित्रमा मख्य भुमिका रहेको छ । चलचित्रमा एन वि महर्जनको द्धन्द्ध रहेको छ भने निरज कडेल र रामशरण उप्रेतिले चलचित्रलाई छायंकन गरेका हुन् । चलचित्र अब आउने भदौ २० गते नायक निरज बरालको चलचित्र ‘स्टुपिड मन’ सगँ प्रदर्शन हुने छ ।

%d bloggers like this: