Thu. Apr 25th, 2024

केहि बर्ष देखी बलिउड चलचित्रमा राज गर्दै आएकी नायिका दीपिका पादुकोण पछिल्लो समय एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त छिन् । केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ ले निकै राम्रो चर्चा कमाए पछि दिपिकाको माग र भाउ एक्कासी महंगियो । त्यस चलचित्र पछि उनी हाल निकै व्यस्त छिन् विभिन्न चलचित्रको दौडानमा । एका तिर चलचित्रमा सफल्ता मिल्दै छ भने अर्को तिर उनको सुन्दरतमा जादु चली रहेको छ ।
 
deepika
ब्रिटेन पुरुषको लाइफस्टाइल म्यागजीन FHM ले २०१४ मा सेक्सी नायिकाको रुपमा दिपिकालाई चुनेको छ । यसको किताब करिब ३ बर्ष देखी कैटरिना कैफले मात्र भरिरहेकी थिइन । किनकी उनलाई नै ३ बर्ष देखी सेक्सी नायिकाको रुपमा चुनिदै आइएको थियो । तर यस बर्ष भने दिपिकाले कैटरिनालाई टक्कर दिएकी छिन् ।
FHM ले चुनेको बलिउडका ५ सेक्सी नायिकाहरु :
१.दीपिका पादुकोण
२.कैटरीना कैफ
३.प्रियंका चोपड़ा
४.नरगिस फखरी
५.श्रुति हासन
बलिउडका यि ५ जना सेक्सी नायिकाको मनोनयनमा परेका थिए । तर यस मनोनयनमा बाट दिपिका २०१४को सेक्सी बलिउड नायिकाको रुपमा चुनिएकी छिन् । यस मनोनयन जिते पछि सोहि म्यागजिनका लागी विषेश अन्तरवार्ता दिदै दिपिकाले भनिन् ‘यो भन्दा राम्रो सुरुवात मेरो लागी के हुन सक्छ होला र जो जनता द्धारा जनताका लागी शुरु गरेको र जब जनता नै मलाई सेक्सी भने आफुलाई निकै मन पर्ने बताएकी छिन् ।
‘ दिपिकाले भनेकी छिन् ‘आम जनमानसमा सेक्सीका मतलब अरु नै केहि बुझने गरेका छन् तर मेरो लागी सेक्सीको मतलब व्यक्तिको पर्र्नलिटी,उसको आत्मविश्वास रहेका दिपिकाले खुलाएकी छिन् ।’

%d bloggers like this: