Sat. Apr 20th, 2024

चलचित्र ‘नाइके’ भदौ १३ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र नाइके भदौ १३ गतेबाट देशभर प्रदर्शनमा जाने बताइएको हो । ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र नाइकेलाई नेत्र गुरुङको निर्देशन गरेका हुन् ।
naikye
चलचित्रमा नायक आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगाएतको मुख्य भुमिका चलचित्रमा रहेको छ । आर्यन सिग्देल भिन्न रुपमा देखिन लागेको सो चलचित्र ग्याङस्टारहरुको कथामा आधारित रहेको छ ।
नायक आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की,सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगायतको अभिनय रहने चलचित्र ‘नाइके’ लाई जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङले निर्माण गरेका छन् । चलचित्रमा कार्यकारी निर्माता विष्णु हमाल रहेका छन् । करिब ५० लाखको लागतमा निर्माण भएको चलचित्र नाइकेको छायांकन अर्जुन तिवारीले गरेका हुन् । चलचित्र पोखरा र आसपासमा छायाँकन गरिएको छ ।

%d bloggers like this: