Fri. Apr 19th, 2024

आज शुक्रबारदेखि काठमाण्डौं र मोफसल गरी झन्डै चालिस वटा हलबाट फिल्म ‘अनौठो प्रेम कथा’ एक साथ प्रदर्शनमा आएको छ । के एस फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘अनौठो प्रेम कथा’ आजबाट प्रदर्शनमा आएको हो । फिल्मलाइृ नवनिर्देशक कन्चन शाहीले निर्देशन गरेका छन ।anautho prem katha
शाही बिगत लामो समय देखि बिज्ञापन निर्देशनमा संलग्न थिए । उनले ठुला मल्टिनेश्नल कम्पनीका झन्डै एक सय भन्दा धेरै बिज्ञापन बनाएर चर्चा कमाईसकेका छन । यहि अनुभवलाई संगालेर उनले अनौठो प्रेम कथा बनाएका हुन् ।
अझ अर्को अनौठो कुरा त के छ भने शिर्षक जस्तै निर्देशक शाहीले फिल्मको १७ वटा विधा एक्लैले सम्हालेका छन् । नेपाली फिल्म इण्डष्टिृमा एउटै व्यक्तिले यति धेरै विधा सम्हालेको यो नै पहिलो घटना हो ।
‘अनौठो प्रेम कथा’ को निर्देशन, सम्पादन, कथा, पटकथा, संवाद, कला निर्देशन, शब्द, भिएफएक्स, थ्रिडी एनिमेशन,नृत्य निर्देशन, कलाकार छनोट, पोष्टर डिजाइन, प्रोमो निर्माण,, कलर करेक्सन तस्बिर क्लिक एवं अभिनय पाटोलाई यि एक्लैले सम्हालेको सुन्दा पनि धेरैजसो दर्शक फिल्म हेर्न उत्साहित देखिएका छन ।
फिल्ममा यसघि मिस्टर म्यान हन्ट बिजेता बनेका निरन्जन थापाले अभिनयमा डेब्यु  गर्दैछन । सुष्मा अधिकारी, सन्तोष ओली ,सपना ताम्राकार कन्चन शाही लगायतको फिल्ममा मुख्य अभिनय रहेको छ । शर्मिला शाही अनि पुष्प राज शाही को फिल्ममा निर्माण रहेको छ।
सुरेश अधिकारी र प्रविन डंगोलको संयुक्त संगीत रहेको फिल्मलाई दिपेन्द्र थपलियाले खिचेका छन । फिल्मले माया पबित्र हुन्छ अनि मायामा कुन हदसम्म त्याग गर्न सक्नुपर्छ भन्ने सन्देश दिने निर्देशक शाही बताउछन ।प्राबिधिक रुपमा फिल्म निकै राम्रो बनेको अनि कथाबस्तुका कारणले पनि आफ्नो फिल्म सफल हुनेमा नवनिर्देशक शाही पनि आशाबादी देखिएका छन ।
केहि साता यता नेपाली फिल्म खास्सै नचलिरहेको अवस्थामा ‘अनौठो प्रेम कथा’ले ओपनिङ्ग नै अनौठो गर्छ या गर्दैन त्यो भने साझंसम्मको हलनतिजा कुर्नैपर्ने हुन्छ ।

%d bloggers like this: