Thu. Mar 28th, 2024

एभरेष्ट बोहराको निर्देशन तथा पुस्कर पन्तको निर्माण रहेको फिल्म’ठुली’ को अफिसियल ट्रेलर रिलिज गरीएको छ ।भदौ ६ गते रिलिज हुने’ ठुली’मा गरिमा पन्त र जीवन लुइँटेलको मुख्य भुमिका रहेको छ भने कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतका कलाकारलाई पनि फिल्ममा अभिनय रहेको छ ।First-Look-of-Nepali-movie-Thuli-release
‘ठुली’मा अहिलेका व्यस्त संगितकार बसन्त सापकोटाको संगित दिएका छन । पछिल्लो समय यसको फिल्मको’ म त मर्छु कि क्या हो ‘बोलको टाइटल
गीत चर्चामा समेत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी र सुरेन्द्र शाहको एक्सन रहेको ‘ठुली’मा गरिमा पन्तलाई भिन्न भुमिकामा देख्न सकिने निर्माता पुस्कर पन्तले जनाएका छन । यसअघि फिल्म ‘झोला’ मा सोझी भूमिका निर्बाह गरेर इन्टरनेश्नल एवार्ड विजेता गरिमालाई’ ठुली’मा आइटम डान्समा देख्नुको साथै उनलाई एक्सन बेसमा समेत देख्न पाईने भएको छ ।
‘झोला’बाट सफलताको मिठो स्वाद चाखेकी नायिका गरिमा पन्तले ठुलीबाट भने सफलता पाउछिंन या पाउंदिनन त्यो भने हेर्न बाकीं नै छ ।
हेरौं  ‘ठुली’ को अफिसियल ट्रेलर :

%d bloggers like this: