Tue. Apr 23rd, 2024

काठमाडौं। नेपाली सिनेनगरिमा धेरैका विषयमा धेरै चलचित्र निर्माण भए तर खासै चर्चामा भने आएनन् । नेकपा एमालेका तल्कालिन महासचिब मदन भण्डारी र एमाले नेता जिबराज आश्रितका नाममा पनि चलचित्र दासढुगां बन्यो तर चर्चा बटुल्न भने सकेन् ।
bp-koirala
अब त्यस्तै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण जीवनीमा आधारित चलचित्र निर्माण हुने भएको छ । चलचित्रको छायाङ्कन आगामी शुक्रबारदेखि सुरु हुने बताइएको छ ।
विपी चिन्तन प्रतिष्ठानले निर्माण गर्न लागेको चलचित्रको छायाङ्कन विपी कोइरालाको पुख्र्यौली थलो दुम्जामा गर्न लागिएको छ । चलचित्रमा पूर्व राजासहित नेपाली राजनीतिमा विपीका सहयात्री एवम् सहयोगी राजनेता सुवर्णशंशेर, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मका व्यक्तित्वहरुसँग जोडिएका घटनाक्रमहरु समावेश हुनेछन् ।
चलचित्रमा विपीको पुख्र्यौली थलो दुम्जादेखि उनको जीवनी एवम् राजनीतिक यात्राका महत्वपूर्ण स्थल मानिने विराटनगर, काठमाडौँ, भारतका विभिन्न स्थानलगायतलाई समेट्ने प्रयास गरिने बताइएको छ । करिब ८० लाखको लागतमा निर्माण हुन लागेको चलचित्र दीपेन्द्र दाहालले लेखेका हुन् । चलचित्रको नाम भने चलचित्र निर्माण भइसकेपछि मात्र तय हुने बताइएको छ ।

%d bloggers like this: