Thu. Apr 25th, 2024

काठमाडौं । नेपाली व्यक्तिहरु पनि कम प्रतिभावान छैनन् । नेपालमा मात्र होइन देशका विभिन्न ठाँउमा गएर अरु देशका व्यक्तिले गर्न नसक्ने काम पनि गरेका छन् नेपालीहरुले । भर्खरे मात्र भारतको निकै लोकप्रिय कार्यक्रम डिआडि लिटिल मास्टर्समा उपाधि नेपाली युवती तेरिया फौजा मगरले नै भित्राएकी छिन् । त्यस्तै नेपाली गायक प्रशान्त तामांगले पनि भारतमा हुने इन्डियन आइडियलको विजेता समेत भइसकेका छन् । त्यस्तै प्रतिधाहरु कै एक अर्का व्यक्ति हुन विनोद प्रधान ।
binod pradha
बलिउडका चर्चित फिल्महरुमा छायाँकन गरिसकेका विनोद अब बलिउड चलचित्र निर्माण गर्ने भएका छन् । अनु र शशि रञ्जनले निर्माण गर्न लागेको प्रेमकथामा आधारित फिल्मलाई विनोदले निर्देशन गर्ने भएका हुन् । सिनेमाटोग्राफरको काम गर्दा गर्दै विनोदलाई चलचित्र निर्देशन गर्ने जिम्मेवारी सुम्पेका छन् । यसका पहिलाका निर्देशक राहुल रावैल हुन् । निर्मातासंगको असमझदारीका कारण राहुलले फिल्म छाडेका थिए ।
विनोदले चलचित्र निर्माण गर्ने भए पछि उनले सिनेमाटोग्राफरको जिम्मा भने आफ्नै साथी गोपाल शाहलाई दिएका छन् । गोपालले भने सलमान खान अभिनित चर्चित फिल्म वीरमा सिनेमाटोग्राफर भएर काम गरिसकेका छन् । चलचित्रको नाम के हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । तर चलचित्रको मुख्य अभिनेत्रीका रुपमा भने निर्माताकी छोरी अनुष्का हुने जनाइएको छ । अभिनेताको भने खोजी भइरहेको भारतिय सञ्चारमाध्यमले जनाएको छ । विनोदले बलिउडका देवदास, मुन्नाभाइ एमबीबीएस, रंग दे वसन्ती जस्ता चलचित्रमा क्यामेरा चलाइसकेका छन् ।

%d bloggers like this: