Sat. Apr 20th, 2024

नेपाली चलचित्रमा लागेका चलचित्रकर्मी देखी चलचित्रहरुलाई प्रोत्साहान गर्न अवार्ड कार्यक्रमहरु आयोजना हुने गर्दछन् । चलचित्र विकास वोर्डले केहि दिन अगाडी मात्र राष्ट्रपति निवासमा आयोजना गरेको राष्ट्रिय फिल्मी अर्वाड वितरण भए लगतै विवादको भुमरीमा परेको छ ।
11
त्यस्तै नेपाली सिनेनगरिकी एक नायिका ले त अवार्ड प्रति निकै चर्को आलोचना गरेकी छिन् । उनले भनेकी छिन् अवार्ड वितरण हुनु अगाडिनै अवार्ड कस्ले पाउछ भन्ने उनलाई सबै थाहा थियो रे । त्यसैले चलचित्र बाटो मुनीको फुल बाट सर्वोत्कृष्ट अभिनेत्रीको अर्वाड पाएकी रेखा कार्यक्रममा उपस्थिति थिइनन् । किनकी रेखालाई अवार्ड वितरण प्रति नै शंका लागि रहेको थियो रे। रेखाले प्रष्ट रुपमा भनेकी छिन् कि राष्ट्रिय अवार्ड नै विक्रि भएको छ, त्यसैले आफु विक्रि भएको अवार्ड कार्यक्रममा सहभागी नभएको ।
अवार्ड पैसामा विक्रि भएकै हो त ? भन्ने मनोरञ्जन संसारडटकमको प्रश्नमा रेखाले भनेकी छिन् त्यो तपाईहरु आफैले मुल्याकंन गर्ने कुरा हो । साहित्यकारले जर्ज गरेको अवार्ड हामी कसलाई मान्य होला र ? फिल्मी क्षेत्रकै व्यक्तिलले जर्ज गरेको भए मलाई मान्य हुन्थो किनकी उसले चलचित्र र चलचित्रकर्मीलाई बुझेको हुन्छ तर एउटा साहित्यकारले चलचित्र र कलाकारलाई कसरी बुझेको हुन्छ त्यसैले मलाई लाग्छ यस अवार्डमा निकै ठुलो आर्थिक चलखेल भएको छ । तर जसले चलचित्र र चलचित्रकर्मीको जर्ज गरे उ प्रति मेरो गुनासो हो । अवार्ड कस कसले किने त पैसामा ? हाम्रो प्रश्नमा रेखा भन्छिन् जसको अवार्ड लिन सक्ने हैसियत थिएन उसैले किनेको हो यो अवार्ड ।
चलचित्र मसान बाट निता ढुंगानाले पुरस्कार पाएकी थिइन तर चलचित्र मसानमा मुख्य पात्रको रुपमा भने नायिका केकी अधिकारी देखिएकी थिइन् । तर केकीले अवार्ड नपाए पछि अवार्ड वितरण भएको ठाँउमा नै टिकटिप्पणी भएको थियो । केकीले पाउनु पर्ने अवार्ड जब निताले पाइन तब सबैले शंका गर्दै अवार्ड नै विक्रि वितरण भएको भन्ने थाले। यसरी विभिन्न कुराले राष्ट्रिय अवार्ड नै विवाद मा परिरहदाँ जसले अवार्डको जर्ज गरेका थिए उनीहरु समेत यस अवार्डमा देखा परेको विवाद बारे केहि बोलेका छैनन् ।
त्यो भन्दा पनि एउटा आश्चर्य लाग्दो कुरा यो छ कि अवार्ड समारोहमा जसले अवार्डको लागी जर्ज गरेका थिए उनीहरु नै कार्यक्रममा अनुपस्थित थिए । आखिर किन निर्णयककर्ताहरु नै अवार्ड समारोहमा उपस्थिति थिनन् त । जसले चलचित्र र चलचित्रकर्मीहरुको मूल्यांकन गरेका थिए उनै जर्जहरु नै अवार्ड कार्यक्रममा उपस्थिति नहुदाँ अवार्ड प्रति अझै शंका बढ्दै गएको छ ।
तेस्तै जुरी मध्येका एकले यससम्बन्धमा आफूहरुलाई नसम्मान गर्ने कार्यक्रम नै थियो, न बस्ने ठाउ“ नै छुट्टयाइएको थियो न त स्टेजमा लाने कार्यक्रम नै थियो, यसकारण जानुको अर्थ नभएर नगएको हाँस्यास्पद प्रतिक्रिया दिए। के यो राष्ट्रिय अवार्ड जुरीलाई सम्मान दिनका लागी गरेको होर धेरैको गुनोसो रहयो यो प्रतिक्रियालाई लिएर ।
यस विवादका बारेमा चलचित्र विकास बोर्ड ले अहिले सम्म कुनै पनि प्रतिक्रिया दिएको छैन् । राष्ट्रिय अवार्ड यसरी विवादमा पर्दा आयोजक संस्थाले उत्तर दिनु पर्ने हो तर विकास बोर्ड नै चुप चाप मुखदर्सक बनेर टोलाइरहेको छ। आखिर किन भयो त अवार्ड वितरण प्रति विवाद त्यो प्रश्नको जबाफ सारा फिल्मीकर्मीहरुलेखोजी रहेका छन् । त्यो प्रश्नको जबाफ दिन चलचित्र विकास बोर्ड र जुरी सदस्यहरुले सक्नु पर्छ ।

%d bloggers like this: