Fri. Apr 19th, 2024

हलिउड चलचित्रकी सुपरस्टार नायिका लिंडसे लोहान ले आज २८ औ जन्मदिन मनाएकी छिन् । ३ बर्षको उमेर देखी मोडलिङ्ग क्षेत्रमा प्रवेश गरेकी लिंडसे लोहान ले ११ बर्षको उमेरमा ‘द पेरेंट ट्रैप’ नाम चलचित्रमा अभियन गरेकी थिइन् ।
lindse
‘लिंडसे लोहानले केल्विन क्लीन किड्स एवं एबरक्रौम्बी किड्स’ जस्ता चर्चित ब्याण्डमा काम गरेकी छिन् । उनी नायिकामा मात्र सिमित छैनन उनी चर्चित संगितकार पनि हुन् । उनले सन् २००४ मा ‘स्पीक’ नाम एल्बम निकालेपछि उनको दोस्रो करियरले पनि फड्को मार्यो । फेरि उनले २००५ मा ‘अ लिटिल मोर पर्सनल’ नामक एल्बम फेरि बजारमा ल्याइन् । यस कारणले पनि उनी हलिउड चलचित्र देखी संगितमा समेत निकै मोह राख्ने गरेकी छिन् ।
कुनै बेला लिंडसे लोहान ड्रक समेत प्रयोग गर्ने गर्थिन । उनले यसबाट छुटकारा पाउन उनले धेरै संधर्ष नै गर्नु पर्यो त्यसपश्चात भने उनी अहिले यो नशाबाट बाहिर छिन् । यस नशाको कारणले उनी दुई पटक समेत निकै ठुलो दुर्घटनामा समेत परिसकेकी छिन् । ड्रकको कारणले सन् २००७ तिर उनको करियर नै घरापमा पुगेको थियो तर २०१३ पछि उनी नशा मुक्त भएकी थिइन त्यस पश्चात देखी उनी निरन्तर आफनो करियरमा फर्किन् ।
उनले २० वटा भन्दा बढि हलिउड चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

%d bloggers like this: