Thu. Mar 28th, 2024

एजेन्सी– ब्राजिल नेमारकै उत्कृष्ट प्रदर्शको बलमा छैटौंपटक विश्वकप च्याम्पिएन बन्न चाहन्छ । ब्राजिललाई अन्य खेलाडीको खासै विश्वास छैन । ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गर्दा नेमारकै उत्कृष्ट प्रदर्शन रह्यो । प्रिक्वार्टरफाइनलमा चिलीलाई पेनाल्टी सुटआउटमा ब्राजिलले हराएको थियो । जसमा नेमारले पनि पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।
नेमारले सहजै पेनाल्टी पनि प्रहार गरे । तर चिलीबिरुद्धको खेलपछि नेमारले एउटा खुलासा गरेका छन् । उनको खुलासा सुन्दा सबै आश्चर्यमा पर्न सक्छन् । बास्तबमा नेमार पेनाल्टी हान्न डराउने रहेछन् । यो कुरा उनकै मुखबाट निस्किएको हो । निर्णायक क्षणमा पेनाल्टी हान्न उनी डराउने रहेछन् । उनले निर्णायक क्षणमा पेनाल्टी हान्दा आफु नर्भस हुने समेत बताए ।
२२ वर्षिय नेमारले भने,‘पेनाल्टी हान्नुआगाडि पेनाल्टी स्पट र गोलपोस्टको दुरी पाँच किलोमिटर टाढा जस्तो लाग्छ । त्यति लामो दुरीबाट कसरी गोल गर्ने भन्ने सोच्छु’ उनले भने,‘अझै निर्णायक पेनाल्टी हान्ने पालो मेरै रहेछ भने म थप नर्भस हुने गर्छु । यसकारण पेनाल्टी प्रहार गर्नबाट म अक्सर डराउने गरेको हुँ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

%d bloggers like this: