Fri. Mar 29th, 2024

ऋतिक रोशन र कैटरीना कैफको पछिल्लो चलचित्र ‘बैंग बैंग’ का फस्ट लुक सार्वजानिक भएको छ । फस्ट लुक पोस्टरमा ऋतिक र कैटरीनाको हट केमेस्ट्री देखिएको छ । पोस्टरमा ऋतिक र कैटरीना पानीमा रोमान्स गरेको दृश्य देख्न पाइने छ ।
bang bang
चलचित्र ‘बैंग बैंग’मा हट केमेस्ट्रीको साथ साथै एक्सन दृश्य पनि देख्न पाइने छ । सिदार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्र ‘बैंग बैंग’को पोस्टरमा ऋतिक र कैटरीना एक अर्काको हात समातेका छन् भने ऋतिकको दोस्रो हातमा बन्दुक देख्न पाइने छ ।
बलिउड चलचित्रका सुपरस्टार ऋतिक रोशन यस चलचित्रमा मुख्य भुमिकामा देखिने छन् । यस भन्दा अधि ऋतिक र कैटरीना ‘जिंदगी न मिलेगी दोबारा’ चलचित्रमा देखिएका थिए । चलचित्र ‘बैंग बैंग’ यस बर्ष अक्टुबर २ मा प्रदर्शन हुने बताइएको छ ।

%d bloggers like this: