Tue. Apr 16th, 2024

भ्रष्टचार र अनियमितताको कथालाई समेटेर निर्माण गरिएको चलचित्र ‘सम्बोधन’ को प्रोमोश्नल गीत रिलिज भएको छ । सरकारी कुत्ता समात शीर्षकको गीत सार्वजनिक गरिएको छ ।
यस अघि होष्टेल चलिचित्र निर्देशन गरेर राम्रो चर्चा बटुल्न सफल भएका निर्देशक हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रको निर्माण सरोज न्यौपानेले गरेका हुन् ।
निर्माता न्यौपानेका अनुसार फिल्मको कथा अनुसार प्रोमोश्नल गीत तयार पारिएको हो ।
जलप व्याण्डको प्रस्तुती रहेको प्रोमोश्नल गीतमा जयन जेको शब्द तथा संगीत छ । फिल्मका मुख्य पात्रहरू दयाहाङ राई, विनय भट्ट, शुलेमान शंकर इकु तथा नम्रता श्रेष्ठ र प्रशान्त ताम्राकार रहेका छन् ।
निर्देशक बिसीकै कथामा बनेको चलचित्र सम्बोधन रेड रोज इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको हो । आगामी भाद्र ६ गते देशभर एकैसाथ प्रदर्शनको पर्खाईमा रहेको चलचित्रले उत्कृष्ट व्यापार गर्ने अपेक्षा लिईएको छ ।

%d bloggers like this: