Fri. Apr 26th, 2024

पछिल्लो समय चलचित्रको व्यापार एका एक खस्कदै गइरहेको छ तर पनि चलचित्रहरु भित्रने क्रम भने कम हुन सकेको छैन् । २०७१ सालको सुरुवातीमा केहि राम्रो लक्षण देखा परेपनि त्यसपछिका दिन भने चलचित्र नगरीलाई एक खराब दिन झै हुन थालेको छ ।
lawaris nepali movie
पछिल्लो समय नेपाली दर्शक बलिउड चलचित्र तर्फ बढि आर्कषण हुनुले पनि नेपाली चलचित्रको व्यापार राम्रो हुन सकेको छैन् । एक त नेपाली चलचित्रका कथा वस्तु भनेझै नभइदिदाँ नेपाली दर्शक कथा वस्तुका लागी भए पनि बलिउड चलचित्र तर्फ आकर्शित हुन थालेका छन् ।
त्यस्तै असार १३ गते देशभर प्रदर्शनमा आएको चलचित्र पाठशाला र लावारिश अहिले कस्तो अबस्थामा छन् कसैलाई थाहा छैन् किनकी चलचित्र हेर्न दर्शक हल सम्म नगइदिदाँ चलचित्रको हालत टाउकोमा हात राख्नु सिवाय अरु केहि छैन् । किनकी चलचित्रमा लगानी गरेको एकतिहाई रकम समेत निर्माताले हात पार्न पाएका छैनन् ।
चलचित्र पाठशालाले धेरै अगाडी देखी प्रदर्शन मिति तोकेको थियो भने चलचित्र लावारिशले भने प्रदर्शनमा आउनु केहि दिन अगाडी मात्र प्रदर्शन मिति तोकेको थियो । पाठशालालाई राजवहादुर सानेले निर्देशन गरेका हुन भने लावारिशलाई निरज घिमिरेले निर्देशन गरेका हुन ।
पाठशाला चलचित्रमा विरेन्द्र यादव, राज गौतम, एलवी कटुवाल, संगीता विसी, मेनुका गिरी, आयुस विसी, डिल्ली केसी लगायत नवकलाकारका मुख्य अभिनय रहेको छ भने चलचित्र लावारिशमा आयुष रिजाल, महेश खड्का, दिनेश शर्मा, किरण चित्रकार, युना उप्रेती, भूमिका सुनारको मख्य भुमिका रहेको छ । अहिले चलचित्रहलहरुमा बलिउड चलचित्रहरु प्रदर्शन गरिएको छ । नेपाली चलचित्रले दर्शक तान्न नसक्दा चलचित्रहलहरुले बाध्य भएर बलिउड चलचित्र भित्राएका छन् ।

%d bloggers like this: