Sat. Oct 26th, 2024

बलिउड चलचित्रकी निकै लोकप्रिय नायिका विद्या बालनले एक कार्यक्रममा भनेकी छिन् ‘मैले अहिले सम्म खान परिवारका स्टार व्यक्ति सगँ काम गर्ने मौका पाएको छैन पक्कै त्यस्तो अबसर आए आफु खेल्न तयार रहेको बताएकी छिन् ।’
bhidya
बलिउड चलचित्र ‘बॉबी जासूस’मा अभिनेता अली फजल सगँ काम गरेकी विद्याले आफु ‘मसाला व्यावसायिक’जस्तो चलचित्रमा काम गर्ने सक्षम नभएको बताएकी छिन् । विद्याले बताएकी छिन् की ‘आफु खान परिवारका कलाकारसगँ जुनसुकै दृश्यमा पनि देखिन तयार रहेको बताएकी छिन् ।’ उनले भनेकी छिन् ‘मैले कहिले पनि भनिन् म सगँ अभिनय गर्ने कलाकार यो वा त्यो हुनुपर्छ भनेर मैले अभिनय गरेको चलचित्रमा जो ल्याएपनि मैले अभिनय गरेको छु त्यसैले होला म निकै खुसी पनि छु नयाँ नयाँ कलाकारको साथमा फिल्म खेल्न पाएकोमा ।’ विद्याले भनेकी छिन् की ‘आफुले करिब सात सालको अबस्थामा खान स्टार कलाकारको साथमा फिल्म खेल्ने मौका नै कहिले मिलेन् । त्यसैले पनि अब कुनै पनि दृश्यमा खान कलाकारको साथमा अबसर आए आफु खेल्न तयार रहेको बताएकी छिन् ।’ विद्याले बलिउड चलचित्रबाट राष्ट्रिय पुरस्कार समेत हात पारिसकेकी छिन् ।
पछिल्लो समय विद्या चलचित्र ‘बॉबी जासूस’ पछि मोहित सूरीको चलचित्र ‘हमारी अधूरी कहानी’ फिल्ममा विद्या इमरान हाशमी र राजकुमार रावको साथमा देखा पर्ने भएकी छिन् ।