Tue. Apr 23rd, 2024

बास्तविक कथा बस्तुमा निर्माण हुन लागेको चलचित्र ‘नभ्य’ यहि असारको १९ गतेबाट छायंकन हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरि चलचित्र ‘नभ्य’ यहि असारको १९ गतेबाट छायंकनमा जाने बताइएको हो ।
बास्तविक कथा बस्तुमा आधारित भएर चलचित्र निर्माण हुन लागेको चलचित्रका निर्देशक विप्लव आर पोखरेलले बताए । चलचित्र खास गरि नेपाली समाजमा भोगिरहेका कुरालाई नै उत्थान गरिन खोजिएको बताइएको छ । समग्रमा भन्दा चलचित्र नारि प्रधान हुने चलचित्र युनिटले बताएको हो ।
asihma-nakarmi
लुजा इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘नभ्य’लाई समन डंगोल र लुःजः सिहंले निर्माण गर्ने भएका छन् । चलचित्रमा नायिका अशिष्मा नकर्मी,नव नायक विकास न्यौपाने,प्रसन्न गोपाली,नव नायिका प्रेक्षा अधिकारी,नव बालकलाकार अभिनव अर्यालले चलचित्रमा अभिनय गर्ने भएका छन् ।
चलचित्रमा नायिका अशिष्मा नकर्मी मुख्य पात्रको रुपमा देखिने बताइएको छ । नायिका अशिष्मा नकर्मी चलचित्रमा नम्रताको भुमिकामा देखिने भएकी छिन् । कार्यक्रममा बोल्दै नायिका अशिष्माले ‘आफुलाई यस चलचित्रको पात्रले निकै मन छोएको बताएकी छिन् ।’ ‘आफुले यस चलचित्रमा आफुले सोचेको भन्दा पनि राम्रो भुमिका पाएकोमा आफु निकै खुसी रहेको बताइन् ।’
चलचित्र काठमाडौं आसपासमा छायंकन हुने बताइएको छ । चलचित्रमा लुःजः सिहं र विप्लव आर पोखरेलको कथा रहेको छ ।
 
 
 

%d bloggers like this: