Fri. Apr 26th, 2024

४ वर्षको अन्तरालपछी चलचित्र विकास बोर्डले गर्दै आएको राष्ट्रिय अवार्ड समारोह हिजो सोमबार राष्ट्रपति निवासमा सम्पन्न भएको छ । यसपटकको अवार्ड वितरणमा ६७ देखि ७० साल सम्मका फिल्मबाट फिल्मकर्मी सम्मानित भएका हुन । चार बर्षको अवधिमा प्रदर्शन भएका फिल्महरुबाट करिब ४० फिल्मकर्मीहरुलाई राष्ट्रपति डा.रामवरण यादवले सम्मान गर्नुभएको हो ।11 समारोहमा लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका निर्देशक, निर्माता, गीतकार तथा साहित्यकार यादव खरेललाई राष्ट्रपति यादवले दीर्घ साधना सम्मानले सम्मानित गरेका छन । यादवलाई तीन लाख ५१ हजार १ सय एघार नगद रुपैयाँ सहित सम्मान गरिएको छ । यस्तै नेपालमा हुने अधिकांश अवार्ड कार्यक्रम प्रति गुनासो र असन्तुष्टी आइराख्ने कुरो कुनै नौलो भने होइन । यो आरोपबाट यसपटकको राष्ट्रिय अवार्ड पनि अछुतो रहन भने सकेन ।
०६७, ०६८, ०६९ र ०७० सालका फिल्महरूलाई आधार मान्दै बिभिन्न बिधामा पुरस्कार बाँडिएतापनि पाउनु पर्ने कलाकारले भन्दा अन्यले पाएको भन्दै धेरै फिल्मकर्मी र सञ्चारकर्मीहरुले अवार्ड नतिजाप्रति असन्तुष्टी व्यक्त गरेका हुुन । यस्तोखाले अवार्डले चलचित्र विकास बोर्ड र स्वयम नेपाल सरकारलाई समेत विवादमा तानेकोे भन्दै फिल्मकर्मी र सञ्चारकर्मीहरुले तुरुन्त छानविन गरिनुपर्ने समेत माग गरीएको छ ।
नेपाल सरकारको तर्फबाट वितरीत अवार्ड समारोह निष्पक्ष रह्यो या रहेन वास्तविक कुरो त उसैलाई थाहा होला तर हामीले भने यो छट्याउने जिम्मा आम नेपाली चलचित्रलाई नजिकबाट नियाल्ने दर्शकलाई नै दिन्छौ ।एकपटक हेर्नुहोस अवार्ड पाएका चलचित्रकर्मी र चलचित्रको नामावली:
-राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल (बाटो मुनिको फूल )
२. सर्वोत्कृष्ट कला निर्देशन : निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल )
४. सर्वोत्कृष्ट छायाँङ्कन : सञ्जय लामा (बाटो मुनिको फूल )
५. सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (कोही मेरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : रेखा थापा (बाटो मुनिको फूल )
७. सर्वोत्कृष्ट निर्देशन : सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल )
८. सर्वोत्कृष्ट फिल्म : बाटो मुनिको फूल (रिदम फिल्मस् प्रा.लि.)
-राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायाँङ्कन : विष्णु कल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री : नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन : उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट फिल्म : मसान (नीर सिनेमा प्रा.लि.)
-राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन : वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार : नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन : रजिना रिमाल (रिदम – पागल म बन्न सक्छु)
५. सर्वोत्कृष्ट छायाँङ्कन : पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता : विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री : झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन : दिनेश डिसी (मायाज् बार)
९. सर्वोत्कृष्ट फिल्म : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि.)
१०. साँस्कृतिक फिल्म पुरस्कार : सुम्निमा (एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी)
-राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन : लोकेश बज्राचार्य (कर्कश )
२. सर्वोत्कृष्ट छायाँङ्कन : गौरिशंकर धुँजु (शिरीषको फूल )
३. सर्वोत्कृष्ट गीत लेखन : कृष्णहरि बराल (नाई नभन्नु ल २ – मर्ने कसैलाई )
४. सर्वोत्कृष्ट सङ्गीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २ – यी आँखामा तिमी छौं)
५. सर्वोत्कृष्ट लेखन (पटकथा) : विनोद पौडेल (साँघुरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला )
७. सर्वोत्कृष्ट अभिनेता : शुशांक मैनाली (साँघुरो )
८. सर्वोत्कृष्ट निर्देशन : दीपा बस्नेत (अन्तराल )
९. सर्वोत्कृष्ट फिल्म : साँघुरो (समीर मैनाली प्रोडक्शन )
१०. साँस्कृतिक फिल्म पुरस्कार : कुसुम (श्री शेर्पा )

%d bloggers like this: