Thu. Apr 25th, 2024

बलिउड चलचित्र ‘एक विलेन’ले यति बेला बलिउड बक्स अफिसमा धमका मच्चाएको छ । शुक्रबार मात्र प्रदर्शनमा आएको चलचित्र ‘एक विलेन’ले दुई दिनमा ३२ करोड भन्दा माथिको व्यापार गरेको छ । यति बेला चलचित्र युनिट विस्वस्त छ की अब चलचित्रले एक हप्तामा ५० करोड भन्दा माथिको व्यापार गर्ने छ ।
ek-villian
चलचित्र ‘एक विलेन’ले प्रदर्शनमा आएको दिननै १७ करोड भन्दा माथिको व्यापार गरेको थियो । दोस्रो दिन अर्थात शनिबार चलचित्रले १६ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको थियो । यस हिसाबले चलचित्रको व्यापार दुईदिनमा ३२ करोड भन्दा माथि रहेको छ । चलचित्र ‘एक विलेन’मा सिद्धार्थ मल्होत्रा, श्रद्धा कपूर तथा रितेश देशमुखको मुख्य भुमिका रहेको छ । सिद्धार्थ र रितेश पहिलो पटक ‘एक विलेन’मा नकारात्मक दृश्यमा देखिएका छन् । मोहित सुरीको निर्देशनमा तयार भएको चलचित्रलाई एकता कपूरले निर्माण गरेका हुन् ।

%d bloggers like this: