Fri. Apr 19th, 2024

‘बेबी डल’ गीतबाट आईटम गीतमा चर्चा कमाएकी सन्नी लियोनीले बलिउडको अर्को चलचित्र ‘हेट स्टोरी–२’ मार्फत अर्को धमका पिट्ने भएकी छन् ।
हेट स्टोरी–२ को ‘पिंक लिप्स’ गीतमार्फत सन्नी पुन आईटम गर्लका रुपमा बलिउड चलचित्रमा देखा पर्ने भएकी हुन् ।
उक्त गीत मीत ब्रदर्शले कम्पोज गरेका हुन् । गीतमा सन्नी सँधैका जस्तै हट रुपमा प्रस्तुत भएकी छन् ।
सन्नीको आईटम डान्स भएको हेट स्टोरी–२ को गीत भने चलचित्रको प्रोमो सार्वजनिक भैसकेपछि मात्र रिलिज भएको हो ।
चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका सुरवीन चावलाको बोल्डनेसका लागि उक्त गीत सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

%d bloggers like this: