Thu. Apr 25th, 2024

चलचित्र विकास बोर्डले गर्दै आएको राष्ट्रिय अवार्ड आज बेलुका रात्रि भोज सहित अवार्ड समारोह राष्ट्रपति निबासमा हुदै छ । केहि कारणले ४ बर्ष अवार्ड कार्यक्रम रोकिएको थियो तर यसबर्ष भने राष्ट्रपति निवासमा अवार्ड कार्यक्रम हुने भएको हो ।
shital-niwas
कार्यक्रममा झण्डै ३ सय जना विभिन्न संघ,संस्था देखी फिल्मीकर्मीहरुको उपस्थिति रहने बिकास बोर्डले बताएको छ । यसपटकको अवार्ड वितरणमा ६७ देखि ७० साल सम्मका फिल्मबाट फिल्मकर्मी सम्मानित हुन लागेका छन् । चार बर्षको अवधिमा प्रदर्शन भएका फिल्महरुबाट करिब ४० फिल्मकर्मीहरुलाई राष्ट्रपति डा.रामवरण यादवले सम्मान गर्नुहुने छ ।
३ लाख ५१ हजार १ सय १ को धन राशिको पुरस्कार र एक फिल्मकर्मीलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।

%d bloggers like this: