Tue. Dec 6th, 2022

नेपाली सिनेनगरीका एक हुनाहार कलाकार जसले नेपाली चलचित्रलाई निकै राम्रो चलचित्र दिइसकेका व्यक्ति हुन नीर शाह । उनको अभिनयले लाखौ दर्शकको मन मुटु छुने गर्छ त्यसैले पनि पछिल्लो समय बरिष्ठ कलाकार नीर शाह चलचित्रको अभिनय मै व्यस्त हुने गरेका छन् ।
Nir-Shah
केहि बर्ष अगाडि देखी मुटुमा केहि समस्या भोग्दै आएका नीर शाहलाई शनीवार अचानक विरामी परेपछि अस्पताल भर्ना गरिएको थिए । शनिबार देखी निरन्तर बेहोसमा रहेका नीर शाहको हालको स्वास्थस्थितीमा सुधारहुदै आएको अस्पतालले बताएको छ । शाहलाई अहिले भेण्टिलेटरबाट बाहिर निकालिएको शाहका आफन्ताले बताएका छन् ।
मुटुमा ब्लड सर्कुलेसन ब्लक भएपछि एक्कासी बेहोस भएका नीर शाहलाई शनिबार काठमाडौंको बाँसबारीमा रहेको गंगालाल अस्पतालमा आकास्मिक भर्ना गरिएको थियो । विरामी भएका कलाकार निर शाहलाई भेट्न यति बेला अस्पताल क्षेत्रमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । फेसबुक देखी ट्वीटर सम्ममा फिल्मीकर्मीहरुले शाहको स्वास्थलाभको कामना गरेका छन् । बेलुका सम्ममा निर शाहलाई भेट्न सकिने अस्पतालको भनाई छ ।