Fri. Apr 26th, 2024

बलिउड चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको मृत्यु भएको करिब दुई बर्ष पछि उनको अन्तिम चलचित्र प्रदर्शनमा आउने भएको छ । उनको दोस्रो पुण्यतिथिको अबसर पारि जुलाई १८मा चलचित्र ‘रियासत’ प्रदर्शनमा आउन लागेको हो ।
rajesh-khanna
यो चलचित्र राजेश खन्नाको अन्तिम चलचित्र हो जो उनले अन्तिमपटक चलचित्रमा काम गरेका थिए । राजेश खन्नाको मुत्यु १८ जुलाई २०१२ मा भएको थियो । भारतिय एक समाचार एजेन्सीका अनुसार अभिनेता रजा मुरादले भनेका छन’राजेशको अन्तिम चलचित्र निर्माण हुदै गर्दा उनी केहि काम गर्न समेत नसक्ने भएका थिए । तर उनले चलचित्रमा अभिनय गर्न भने कहिले छुटाएनन् । उनलाई देख्दा लाग्थो उनी निकै विरामी छन् तर उनी सुटिङ्ग चलिरहेको अबस्थामा उनी सुटिगमै व्यस्त रहन्थे । कहिले पनि भनेनन् राजेशले म विरामी छु सुटिङ्ग रोक्नु पर्यो भनेर ।
‘ चलचित्रका निर्माताले फिल्मको मिति राजेशको पुण्यतिथीमा गर्ने कुरा गरेका थिए र चलचित्र उनकै पुण्यतिथिमा अर्थात १८ जुलाईमा चलचित्र प्रदर्शन हुने पक्का भएको छ । चलचित्र ‘रियासत’लाई अशोक त्यागीले निर्देशन गरेका हुन भने विजय सिरोहीले निर्माण गरेका हुन् । चलचित्रमा गौरी कुलकर्णी, आर्यन वैद, आर्यमान रामसे र रजा मुरादले अभिनय गरेका छन् ।

%d bloggers like this: