Sat. Apr 20th, 2024

आइतबार लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान गरिएको छ । टेरियालाई सम्मान सगै “लुम्बिनी वालिका शान्ति दूत” उपाधी समेत प्रदान गरिएको छ ।
teriya
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले टेरियालाई “लुम्बिनी वालिका शान्ति दूत” सम्मान हस्तान्तरण गरेका थिए । सम्मान पछि कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले तेरिया मगरले नेपालको नाम विश्वमा चिनाउने काम गरेको मा टेरियालाई बधाई दिएका थिए ।
११ बर्षीया तेरिया मगरले झण्डै ४ लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि परेर डिआइडि लिटिल मास्टर्स सेसन ३ को उपाधि पाएकी थिइन् । टेरियालाई राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचाईमा पुराउने काम गरेकाले सम्मान स्वरुप तेरियालाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको “लुम्बिनी वालिका शान्ति दूत” को रुपमा नियुक्त गरिएको छ । टेरिया हिजो मात्र भारतबाट नेपाल आएकी थिइन् ।
अब टेरिया केहि दिनमा नै भारत जाने कार्यक्रम रहेको छ । टेरियाले डिआइडि लिटिल मास्टर्स सेसन ३ को उपाधि सगै ५० लाख भारु र एउटा कार समेत पाएकी थिइन् । टेरिया नेपालमा रहदाँ विभिन्न स्थानमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

%d bloggers like this: