Thu. Apr 25th, 2024

काठमाडौं । शनिवार राजधानीमा आयोजना गरिएको एक्सोज नेपाल डटकमको १२ औ सस्करणबाट ‘मिस्टर नेपाल २०१४’को उपाधि सुरज चिलुवालले पाएका छन् । ३६ प्रतिष्पर्धीलाई पछाडी पार्दै सुरजले सो उपाधि हात परेका थिए ।
mr. nepal
जेनिशा केसी, भिष्मा पाण्डे, राजु केसी, अर्जुन कार्की, कृष्ण कुमार, हिराज बाबु गोर्खाली, मोहन बस्नेत, मधुकुमार श्रेष्ठ र डा.आयुष्मान घिमिरेहरुको निर्णयक समितिले सुरजलाई सो उपाधि थमाएको हो ।
कार्यक्रममा विधागत अवार्ड तर्फ अमोल खड्का, रोशन लिम्बु, बेनिश भण्डारी ले‘मष्ट फोटोजेनिक’, मनिष न्यौपाने, सेज मानन्धर ‘मष्ट हेण्डसम’, ‘आकाश मल्ल ठकुरी, रुपेश लामिछाने ‘वेष्ट वक’, प्रतिक ताम्राकार, केशव अधिकारी, सक्षम श्रेष्ठ ‘मष्ट डिसिप्लिन’, दीपर्शन बस्नेत, राजन रिजाल, प्रतिक ताम्राकार ‘बेष्ट चार्मिङ’, प्रतिक ताम्राकार, नृपेन्द्र गौतम ‘बेष्ट फिजिक’ घोषित भए ।
प्रतियोगितामा मनिष न्यौपाने फष्ट रनर अफ र उत्तम विष्ट सेकेण्ड रनर अप भएका छन् । विजेतालाई विभिन्न पुरस्कारले सम्मान गरिएको थियो ।

%d bloggers like this: