Thu. Mar 28th, 2024

स्टार फुटबलर नेयमारको टिम ब्राजिल संघर्षपूर्ण खेलमा चिलीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो । शनिबार चिलीसँग प्रिक्वार्टरफाइनल जारी रहँदा समर्थकको अपेक्षा नेयमारसँग तुलनात्मकरुपमा बढी नै थियो ।
यसबाट उनकी गर्लफ्रेण्ड टाढा हुने कुरै भएन । आफ्ना समर्थकहरुका ‘पोष्टर बोई’ नेयमारकी मोडल गर्लफ्रेण्ड बु्रना शनिबार भएको खेलमा नेयमारलाई चेयर गर्न स्टेडियम पुगेकी थिईन् । यसअघि ब्रुना र नेयमारबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । उनीसँग सम्बन्धमा चिसोपना आएपछि नेयमार ब्राजिलियन एक्ट्रेस तथा मोडल लेन्जीसँग थिए । तर अहिले ब्रुनाले लेन्जीलाई मायाको दौडमा पछि पार्दै नेयमारको दिलमा कब्जा जमाउन सफल भएको अनुमान लगाईंदै छ ।
ब्रुना ब्राजिल र चिलीबीचको खेल सुरु हुनुभन्दा निकैबेर पहिले स्टेडियम पुगेकी थिईन् । स्टेडियममात्रै पुगिनन् उनले अभ्यासका क्रममा रहेका नेयमारलाई भेट्नसमेत भ्याईन् । उनीहरुबीच लामोसमय भलाकुसारी भएको थियो । यो जोडीलाई अंगालोमा बाँधिएको अवस्थामासमेत देखिएको थियो । सो अवसरमा नेयमारले मैदान बाहिर समर्थकहरुसँग फोटोसमेत खिचाएका थिए ।
10492389_10202920161738228_5061675788697048815_n

%d bloggers like this: