Fri. Mar 29th, 2024

काठमाण्डौ । उमेरले झण्डै ५० नाघि सकेका नेपाली सिनेनगरीमा एकछत्र राज गर्दै आएका महानायक राजेश महालले दोस्रो विवाह गरेका छन् । पहिलो विवाह केहि महिना अगाडी मात्र १० बर्ष अगी देखीकी प्रमीका मधु भट्टराई सगँ गरेका थिए । विवाह गरेको ३५ दिन नपुग्दै राजेशले दोस्रो विवाह गरेका हुन ।
rajesh-asishma
तर दोस्रो विवाह भने रियल लाइफमा नभइ एक म्युजिक भिडियोका लागी गरेका थिए । पोखरामा हनिमुन मनाएर शुक्रबार मात्रै काठमाण्डौ फर्किएका हमालले शनिबार नायिका अशिष्मा नकर्मी सगँ एक म्युजिक भिडियोका लागी विवाह गरेका हुन् ।
भारतीय गायक शाहिद मालियाले गाएका नेपाली गीत ‘बिबस्ताले जिउदै मार्‍यो’बोलको गीतको म्युजिक भिडियोमा हमालले नायिका अशिष्मा सगँ विवाह गरेका थिए । हसिया निर्देशक मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियोमा निलम आंङबुहाङ राइको शब्द रहेको छ । चाम्स इन्टरटेन्मेण्टको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोलाई रामकुमार केसीले खिचेका छन् । सो म्युजिक भिडियो निकै महंगो रुपैयामा खिचिएको बताइएको छ ।

%d bloggers like this: