Mon. Dec 11th, 2023

एफ. क्यूब हलका म्यानेजर अरुण रिजाल माथि भएको यथास्रिघ दोषीलाई पक्राउ गर्न दबाब स्वरुप उक्त हल आज एक दिनका लागि बन्द गरिएको छ । हिजो शनिबार साँझ करिब साढे पाँच बजेतिर रिजाललाई टोले दादाहरुले साङ्घातिक आक्रमण गरेका थियो ।arun2
टिकट नलिएरै हल प्रवेश गर्न लागेका एक हुललाई रोक्न प्रहरी बोलाएपछि त्यसकै झोकमा उनीहरुले आक्रमण गरेको रिजालले बताएका छन।
हलबाट फर्किने क्रममा उनलाई हलको बेसमेन्टमा कुरेर बसेका केही युवाले रड प्रहार गर्दा खुट्टामा बढी चोट लागेको छ भने शरिरका अन्य भागमा पनि चोट लागेको बताइएको छ।सो बखत रडले टाउकोमा पनि प्रहार गरेतापनि हेलमेट लगाएका कारण टाउकोमा भने चोट लाग्न पाएको छैन ।
यता हल सञ्चालकहरु भने दोषिमाथि कारवाहिको माग गर्दै  गौशाला प्रहरी बृत्तमा पुगेका छन ।

%d bloggers like this: