Sat. Apr 20th, 2024

नेपाली सिने नगरीका महान हस्ती नीर शाहलाई हृदयघात भएको खबर प्राप्त भएको छ । यतिबेला शाहको बाँसबारी स्थित गंगालाल हस्पिटलको सिसियू कक्षमा उपाचार भईरहेको छ । हिजो शनिबार नै घरमै बसिरहेका बेला शाहलाई अकस्मात हृदयघात भएतापनि यो खबर भने आजै बाहिरिएको हो ।  Nir-Shah
नीर शाहको यतिबेला अवस्था कस्तो छ भन्ने बारे अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
शाहले वि सं २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्।करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।
एक समय खलनायकको भूमिका निर्वाह गरेका शाहले पछिल्लो समय आफूलाई भर्सटायल बनाउँदै लगेका छन्।नेपाली सिने नगरीमा  बरिष्ठ अभिनेता शाहको अतुलनिय योगदान छ ।

%d bloggers like this: