Sat. Apr 20th, 2024

आउंदो साउन १६ देखी अलनेपाल रिलिजको तयारीमा रहेको लभस्टोरी फिल्म ‘मेरो भ्यालेन्टाइन’को शीर्ष गितको भिडियो भर्खरै सार्वजनिक गरीएको छ ।उक्त भिडियोमा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहलाई संगै मस्ती गरीरहेको देख्न सकिन्छ ।गोविन्द राईको कोरियोग्राफी रहेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र संगीत दुवै रहेको छ ।my valentaion
यो फिल्म नेपाल रिलिजपुर्व अष्ट्रेलियामा समेत अगामी १२ र १३ जुलाईमा प्रदर्शन गरिने निर्माता शुशिल श्रेष्ठले जानकारी दिएका छन ।जानकारीअनुसार सिडनीको सिभिक थियटर हस्र्टभिलेमा फिल्म प्रदर्शन गरिनेछ ।
शुशिल श्रेष्ठको प्रस्तुतिमा सफ्ट इमेजद्धरा निर्मित फिल्ममा निशा अधिकारी, सुस्मिता ढकाल, बाबु बोगटी र स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन । निर्देशक नाल्बोको निर्देशन तथा स्कृप्ट रहेको फिल्ममा शम्भु सापकोटाको छयांकन, रोशन श्रेष्ठको द्धन्द, बनिष शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी र स्वप्निल शर्माको संगीत र गोविन्द राई, अराज केशव र नरेन लिम्बुको नृत्य रहेको छ ।
फिल्मको सम्पुर्ण छयांकन काठमाण्डौं तथा चितवनका विभिन्न रमणिय स्थानहरुमा गरिएको बताईएको छ । फिल्ममा नयां पुस्ताको माया प्रेम र मित्रताको कथालाई उतारीएको र कारण सबैजसो हलसम्म अाउने आशा निर्माण युनिटले गरेको छ ।
हेराै  भर्खरै सार्वजनिक शीर्ष गितको भिडियो र प्राेमाे :

%d bloggers like this: