Sat. Apr 20th, 2024

डान्स इन्डिया डान्स (डीआईडी)लिटिल मास्टर्स सिजन ३को कप उचाल्दै विजेता तेरिया फाैजा मगर आज नेपाल आउदै छिन।१२ वर्षीया नेपाली बालिका तेरिया फैजा मगर गत असार ७ गते शनिबार राती भएको भएको अन्‍तिम फाइनलमा १२ वर्षीया नेपाली बालिका तेरियाले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी जित्न सफल भएकी हुन ।322674-teriya-magar-receives-the-cash-price-from-did-lil-masters-seaso.jpg
डान्स इन्डिया डान्स ९डीआईडी० लिटिल मास्टर्स सिजन ३ को उपाधीसँगै तेरियाले ५० लाख भारतीय रुपैया र एउटा शानदार कारसमेत पाएकी छन ।यस्तै तेरियालाई काठाडौंमा पनि विभिन्‍न संघसंस्थाले सम्‍मान गर्ने भएपछि उनी आज नेपाल आउन लागेकी हुन्।
विगत पाँच महिनादेखि भारतको मुम्बइमा सञ्चालित उक्त रियालिटी शोमा नेपाली बालिका तेरिया लाखौ दर्शक र निर्णायकको मन जितेर   ४० हजारलाई पछि पार्दै अन्तिम उत्कृष्ट पाँचबाट छनोट भइ डान्स इन्डिया डान्सको ग्रान्ड फाइनलमा प्रवेश गरेकी गरेकी थिइन।
डीआईडी लिटिल मास्टर्सको ग्रान्ड फाइनलसम्‍म पुगेर उपाधि जित्‍‍ने तेरिया फौजा मगर नै पहिलो नेपाली र कम उमेरकी प्रतिस्पर्धी हुन्।
यस्तै तेरियालाई नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

%d bloggers like this: