Thu. Apr 25th, 2024

कोहिनूर जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको गरमागरम समाचार आजभोली मिडीयामा निक्कै छाउन थालेको छ । नछाओस पनि किन यि जोडीको एक महिनाको अन्तरमा २ वटा लगन आउन थालेको छ ।kohinoor-poster
प्रसङ्ग हो नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको असार २३ मा हुन आंटेको विवाह र साउन २३ मै प्रदशन हुन लागेको फिल्म ‘कोहिनुर’काे । झण्डै ५ वर्ष लामो प्रेमसम्बन्ध यतिबेला घरसल्लाह अनुसार बिवाहमा परिणत परिणत हुन लागेको हो ।उता विवाह सम्पन्न भएको ठिक १ महिनापछी भने यि दुइको फिल्म ‘कोहिनुर’ प्रदर्शन हुनेछ ।
यसअघि ‘कहां भेटिएला’ फिल्ममार्फत नजीकिएका यि कोहिनुर जोडी दोस्रो पटक एउटै फिल्ममा संगै देखिन लागेका हुन ।क्षेत्री समुदायकी स्वेता र नेवार समुदायका श्रीकृष्णको पारीवारिक मञ्जुरीमै गौशालास्थित आफ्नै ईन्द्रणी होटलमा बिवाह हुने कार्यक्रम रहेको छ ।
विवाहमा श्रीकृष्ण र स्वेताका आफन्त, चलचित्रकर्मी, सञ्चारकर्मी,राजनितिक व्यक्ति लगाएतको उपस्थिती हुने बताएको छ ।
हेरौ साउन २३ बाट प्रदर्शन हुन लागेको फिल्म कोहिनुर को यतिबेला चर्चामा रहेका २ गित र प्रोमो:


%d bloggers like this: