Sat. Apr 27th, 2024

केहि बर्ष अगाडी सम्म चलचित्रहरुमा व्यस्त रहने नायक दिलिप रायमाझी पछिल्लो समय चलचित्रहरुमा माग घट्दै जान थालेपछि म्युजिक भिडियो तर्फ पनि देखिन थालेका छन् ।
ma pa se
पछिल्लो समय चलचित्र गोरेको छायंकनमा व्यस्त दिलिप र नायिका सुष्मा अधिकारीद्धारा अभिनित मापसे नामक म्युजिक भिडियो आज सार्वजानिक भएको छ । रेम्बो म्युजिक मुभि प्रा.लीले आयोजना गरेको मापसे म्युजिक भिडियोको सार्वजानिक प्रहरी महानिरिक्षक केशब अधिकारीले गर्नुभएको थियो ।
मापसे गरे दुर्घटनामा परिन्छ भन्ने कुरालाई म्युजिक भिडियोमा चित्रण गरिएको छ । सो म्युजिक भिडियोमा नायक दिलिप रायमाझीले एक जडियाको रोल गरेका छन् भने नायिका तथा मोडल सुष्मा अधिकारीले डान्सरको भुमिका निर्वाह गरेकी छिन् ।
कार्यक्रममा गित संगितमा लागेका कलाकार देखी गायक गायिकाहरुलाई सम्मान गरिएको थियो । सम्मान हुनेमा गायक नारायण रायमाझी,गायक इन्द्र जि.सी,गायिका लक्ष्मी न्यौपाने,गायिका दुर्गा गुरुङ्ग,गायक रामचन्द्र काफ्ले,नायिका सुष्मा अधिकारी,नायक दिलिप रायमाझी,हास्य कलाकार शिवहरी पौडेल, किरण केसी आदी सम्मानित भएका छन् ।

%d bloggers like this: