Wed. Apr 24th, 2024

पछिल्लो समय चलचित्रहरु भित्रने क्रम बढ्दै गए पनि चलचित्रको व्यापार भने सोचेको जस्तो हुन सकेको छैन । त्यसै क्रममा आज अर्थात शुक्रबार दुई चलचित्रहरु एकसाथ देशभर प्रदर्शनमा जुटेका छन् । ति हुन चलचित्र पाठशाला र लावारिश ।
पाठशाला भने धेरै अगाडी देखी प्रदर्शन मिति तोकेको थियो भने चलचित्र लावारिशले भने केहि दिन अगाडी मात्र शुक्रबार लाग्ने भन्ने पत्तो पाएको हो । पाठशालालाई राजवहादुर सानेले निर्देशन गरेका हुन भने लावारिशलाई निरज घिमिरेले निर्देशन गरेका हुन ।
पाठशाला चलचित्रमा विरेन्द्र यादव, राज गौतम, एलवी कटुवाल, संगीता विसी, मेनुका गिरी, आयुस विसी, डिल्ली केसी लगायत नवकलाकारका मुख्य अभिनय रहेका छन भने चलचित्र लावारिशमा आयुष रिजाल, महेश खड्का, दिनेश शर्मा, किरण चित्रकार, युना उप्रेती, भूमिका सुनारको मख्य भुमिका चलचित्रमा देख्न पाइने बताइएको छ ।
चलचित्र पाठशाला यस अधि नै मोफसलका सिनेमाहलहरुमा प्रदर्शन भइसकेको छ भने चलचित्र लावारिशले भने केहि दिन अगाडी मात्र प्रदर्शनको मिति तोकेको थियो । चलचित्र लावारिश केहि दिन अगाडी मात्र शुक्रबार प्रदर्शन हुने बताइएको थियो । यति बेला चलचित्रहलहरुमा ‘मिसन फोर ट्वान्टी’प्रदर्शन भइरहेको छ । अब पाठशाला र लावारिश चलचित्र मध्य कस्ले मार्ने हो बाजी त्यो भने हेर्न बाकीँ नै छ ।

%d bloggers like this: