Fri. Apr 19th, 2024

बलिउड चलचित्रमा निकै व्यस्त नायिका करीना कपुरले आफनो पति सैफअलि खानको चलचित्र “हमशकल्स” हेर्न नपाएको गुनासो गरेकी छिन् । अभिनेता तथा निर्माता शौहर सैफ अली खानको चलचित्र “हमशकल्स” हेर्न मन हुदा हुदै पनि हेर्न नसकेको बताएकी छिन् किनकी हाल करीना रोहित सेट्टीको चलचित्र “सिघंम रिटन्र्सस”को छायंकनमा व्यस्त छिन् ।
करीनाले भनेकी छिन –साजिद खानको चलचित्र “हमशकल्स”को ट्रेलर मा सैफ अली खान सेक्सी रुपमा देखा परेका थिए । यसकरणले पनि सैफको चलचित्र हेर्न मन लाग्दा लाग्दै पनि चलचित्र हेर्न नपाएको मा दुखेसो व्यक्त गरेकी छिन् ।
करीनालाई एक कार्यक्रममा सोधिएको थियो तपाईले आफनो पति सैफको चलचित्र “हमशकल्स” हेर्नु भयो ? त्यहि प्रश्नमा करीनाले भनेकी थिइन “म मेरो पछिल्लो चलचित्रको छायंकनमा व्यस्त छु त्यसैले पनि सैफको फिल्म हेर्न पाएको छैन र म खासै हिन्दी फिल्म पनि हेर्दिन ।” उनले यसो भनेपछि करीनालाई हिन्दी फिल्मको मोह नभएको बताइएको छ । तर करीनालाई सैफको चलचित्र भने असाध्यै हेर्न मन गरेकी बताइएको छ ।

%d bloggers like this: