Thu. Mar 23rd, 2023

नेपाली सिनेमाका महानायक राजेश हमाल हनीमुन मनाउन श्रीमती मधु भट्राईका साथ चार दिन देखी पोखराको फेवाताल किनार स्थित वाटरफ्रण्ट रिसोटमा रहेका छन ।पोखरा निकै सुन्दर सहर भएकोले पहिलो हनीमुन यात्रा पोखराबाटै शुरू गरिएको राजेशले बताएका छन। यसअघि अष्ट्रेलिया जानु अघि नै हनीमुनका लागि जुनको २४ देखि २७ तारिख पोखरा जाने कार्यक्रम तय गरेको पनि उनले बताएका छन ।rajesh with madhu
साथै उनले हनीमनुका लागि बिदेश नभएर नेपालमै मनाउनु पर्ने  सुझाव समेत दिएका छन । आफ्नै देशमा सुन्दर गाउँ सहर हुदांहुदै  बिदेशै किन जानु नपर्ने भन्दै हमालले सबैलाइ सुझाएका छन । संगै रहेकी मधुले पनि यस भनाइलाई समर्थन जनाइकि छन ।
मधुले पनि पोखराको सुन्दरताले आफु पनि निकै लोभिएको  बताएकि छन।यसअघि पहिलो पटक दिदी भिनाजुसगँ  तीन बर्ष  अगाडी पोखरा आएको  मधुले बताएकी छन । जे होस हमाल जोडिको हनिमुन यात्रा सुखद रहोस हाम्रो पनि शुभकामना ।