Sat. May 11th, 2024

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रका कलाकारहरुको विवाहको लगान जुर्ने क्रम बढ्दै गएको छ । केहि महिना अगाडी मात्र नायक आर्यन सिग्देल,नायिका रेजिना उप्रेति,मोडल अन्जु निरौला,महानायक राजेश हमाल जस्ता नेपाली चलचित्रका चर्चित कलाकारहरुको विवाह भइसकेको छ ।
त्यहि क्रममा कहाँ भेटिएला चलचित्र पछि निकै रुचाइएका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको विवाह को मिति पनि जुरिसकेको छ । यहि महिनाको अर्थात असार महिनाको २३ गते सोमबार दशमीको दिन उनीहरुको विवाह हुने भएको छ ।
आज मनोरञ्जनसंसार डट कम सगँ विषेश कुराकानी गर्दै नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले अब असार २३ गते आफुहरु विवाह बन्धनमा बाधिन लागेको कुरा सार्वजानिक गरेका छन् ।
श्रावण २३ गतेका दिन उनीहरु द्धारा अभिनित चलचित्र कोहिनुर देशभर प्रदर्शनमा आउन लागेको छ । कहाँ भेटिएला चलचित्र पछि चलचित्र सगै व्यापार व्यवसायमा समेत सगँ सगै सहयात्रा गरेका उनीहरु अब भने विवाहको अन्तिम तयारीमा छन् । असार २३ गते विवाहको दिन नै रिसेप्सन पार्टी दिइने पनि बताइएको छ ।

%d bloggers like this: