Wed. Jan 15th, 2025

बलिउडमा निकै रुचाइएकी नायिका करीना कपुर पछिल्लो समय निकै व्यस्त नायिकाको रुपमा पनि चिनिदै आएकी छिन् । एक पछि अर्को चलचित्रको अभिनयमा व्यस्त भइरहने करीना यति बेला भने केहि फुर्सदामा देखिन्छिन् ।
उनले एक समाचार एजेन्सीलाई भनेकी छिन् ‘मैले साथिको लागी मात्र पनि धेरै चलचित्रमा अभिनय गरेको छु । तर मलाई त्यसका कुनै पनि पछुतो छैन । अब भने आफु राम्रो चलचित्रमा मात्र अभिनय गर्ने बताएकी छिन् ।
‘ करीनाले भनेकी छिन ‘म कहिले पनि गलत गर्ने महिला होइन मैले जे गरे एक साथिको लागी गरे मलाई त्यसमा कुनै पनि अपसोच छैन ।’ करीनाले बलिउडमा निकै चर्चित फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।
कभी खुशी कभी गम,३ इडियट्स,बडीगार्ड,सगै रावन जस्ता व्यवसायीक चलचित्रहरुमा करीनाले मुख्य पात्रको रुपमा अभिनय गरेकी छिन् । करीनाले धेरै चलचित्रमा धेरै तरिकाका अभिनय गरेकी छिन् । करीना २१ बर्षकी हुदा उनले चमेली नामक चलचित्रमा एक वेश्याको भुमिका निर्वाह गरेकी थिइन । पछिल्लो समय अब करीना बलिउड चलचित्र सिंघम रिटर्न्‍समा देखापर्ने छिन् ।