Tue. Apr 23rd, 2024

लभ स्टोरी फिल्म ‘स्टुपिड मन’को प्रिमियर अमेरिकामा हुने भएको छ । विवेक शाहीसँग मिलेर अभिनेता निरज बरालले निर्माण गरेको स्टुपिड मन अगस्ट २ तारिखमा अमेरिकाको क्यालिफोर्नियामा प्रिमियर गरिने बताईएको छ ।
फिल्मको गीत र टिजर रिलिज भएपश्चात बिदेशबाट प्रदर्शनका लागि डिमाण्ड आईरहेको बताउने निरजले पहिलो शो अमेरिकामा गरे पश्चात दोस्रो प्रिमियर सुटिङ गरिएको देश थाईल्याण्डमा गरिने निरजले बताए ।

अमेरिकाको प्रिमियरमा निरज स्वयं उपस्थित हुने बताईएको छ । अमेरिका प्रिमियरको चाँजोपाँजो युवराज कार्की, सुजित सिंह र नुरेन बरालले मिलाएका हुन् ।

भाद्र २० गते नेपालमा रिलिज हुने फिल्ममा निरजको साथमा जीवन लुईटेल, चाँदनी शर्मा, रिजु श्रेश्ठ र मार्टिन खानको मुख्य भूमिका छ ।

%d bloggers like this: