Fri. Apr 26th, 2024

ब्राजिलमा जारी विश्वकपसँगै वेश्यावृत्तिका घटना बढेका छन् । केवल एउटा चुरोटकै बट्टा लिएर यौन सम्पर्कका लागि राजी हुनेहरु समेत भेटिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम्सले सार्वजनिक गरेको छ । यतिबेला विश्व फुटबलको कुम्भमेला हेर्न झण्डै ६ लाख पर्यटक ब्राजिल पुगेका छन् ।

यही मौकालाई दलालहरुले भने बालिकालाई वेश्यावृत्तिमा लगाउने मौकाका रुपमा लिएका हुन् । १८ वर्षमाथिका किशोरीले ब्राजिलमा वेश्यावृत्तिमा संलग्न हुन पाउने कानुन छ । यद्यपि विश्वकपको मौका छोपेर उमेर नपुगेका बालिकाहरुलाई समेत यस्तो कार्यमा संलग्न गराइएको आरोप ब्राजिलका कानुनविदहरुले लगाएका छन् ।
यौनकार्यमा १० वर्षका बालिकाको समेत प्रयोग भएको स्थानीयले जनाएका छन् । रेकिफी वेश्यावृत्तिका लागि जारी विश्वकपमा प्रख्यात मानिएको सहर हो । यो सहरमा केबल २ डलरमै आफ्नो शरीर बेच्ने बालिकाहरु थुप्रै भेटिएका छन् ।

यसअघि सन् २००६ मा जर्मनी तथा सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप हुदाँ पनि थुपै्र बालिकाको शरीर बेचिएको थियो । टाइम्स म्यागेजिनलाई अन्तर्वार्ता दिँदै १४ वर्षीया अमान्डाले असुरक्षित यौन सम्पर्कपछि दुईपटक बच्चा फ्याँकेको बताएकी छन् ।
केवल एउटा चुरोटको बट्टामा उनी यौन सम्पर्क राख्न तयार भएकी थिइन् । ब्राजिल विपन्न वर्गका अमान्डाजस्ता झण्डै २ लाख ५० हजार बालिका यस्तो कार्यमा संलग्न रहेको अमेरिकी नियोगले जनाएको छ ।

धेरै बालिकाहरु आफ्नै अभिभावकको हातबाट बेचिएका छन् । मानव बेचविखनमा सक्रिय रहेको बताउाने २७ वर्षीय थिएगोले ५ हजार डलरदेखि १० हजारसम्म तिरेर बालिकाहरुलाई यौनकार्य गर्न परिवारसँग स्विकृति लिएको दाबी गरेका छन् ।
एजेन्सीको सहयोगमा ।

%d bloggers like this: