Mon. Feb 6th, 2023

बलिउडका निकै व्यस्त नायका रणबीर कपुर कहिले काहि निकै चर्चामा पनि आउने गरेका छन् । पछिल्लो समय बलिउड स्टार नायिका कैटरिया कैफ सगँको प्रेम सम्बन्धले उनीहरु निकै चर्चामा आएका थिए । तर यति बेला भने उनीहरु विचमा केहि खटपट चलिरहेको छ ।
रणबीरले भनेका छन् ‘अहिले मेरो जिन्दगी एक रियालिटी शो जस्तो भएको छ । मेरो कारणले आमा बुबा देखी मेरो सब परिवार दुखित छन् ।’ ३२ बर्षमा रणबीरले एक कार्यक्रममा बोल्दै भनेका छन् ‘मेरो धेरै ठुलो काहानी छ जस कारणले म मेरो सब परिवार छोड्दै छु ।’ रणबीरले भने ‘मेरो बुबाले मलाई घरबाट निस्की भन्नुभएको छ । त्यसैले मलाई यस्ता बचनले निकै मन दुख्छ त्यसैले म सब परिवारलाई छोडेर जादैछु । मलाई लाग्छ आज भोली मेरो जिन्दगी एक रियालिटी शो जस्तो मात्र भएको छ ।’
बलिउडका पुराना अभिनेता श्रषि कपुर र नीतू कपुरका छोरा रणबीर ‘आफनो आमा बुबालाई मेरो कारणले कहिले पनि लज्जास्पद स्थित नहोस भन्दै अब आफु घर छोडेर जान लागेको बताएका छन् । ‘यसरी रणबीर घरबाट टाढिन लागेका खबर बाहिर आए सगै रणबीर र कैटरिना विवाह बन्धनमा बाधिन लागेका छन् भन्ने खबर पनि बाहिर आएको छ ।