Thu. Apr 25th, 2024

कञ्चन शाहीको निर्देशन रहेको चलचित्र अनौठो प्रेम कथाको च्यारिटी शो गरिएको छ । यहि असार २० गते देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको अनौठो प्रेम कथाको राजधानीमा च्यारिटी शो गरिएको हो ।

च्यारिटी शोमा उत्साहजनक सहभागिता रहेको र सहभागिहरुले चलचित्रका बिषयमा राम्रो प्रतिक्रिया दिएको निर्देशक शाहीले बताए । ‘च्यारिटी शोमा उपस्थित सबैले चलचित्र निकै राम्रो भएको बताउनु भएको छ । त्यसैले म निकै उत्साहित छु ।’ शाहीले भने ‘चलचित्रमा युवा पुस्ताको कथालाई उर्तान खोजिएकाले पनि यसलाई युवा पुस्ताले राम्रो मान्नेछन् ।’

सुष्मा अधिकारी, सन्तोष वली, निरञ्जन थापा, सपना ताम्राकार र कञ्चन शाहीको मुख्य भूमिका रहेको चलचित्र अनौठो प्रेम कथाको सुशान्त सिंह, शर्मिला शाही र पुष्पराज शाहीले निर्माण गरेका हुन् ।
सुरेश अधिकारीको संगीत रहेको चलचित्रलाई दिपेन्द्र थपलियाले छायांकन गरेका हुन् ।

%d bloggers like this: