Fri. Mar 29th, 2024

आरबिके शरदको निर्देशन रहेको चलचित्र ‘शिसा’ आगामी साउन २३ गते प्रदर्शनमा आउने भएको छ । भारतीय फुटबलका पूर्व क्याप्टेन भाई चुङ्ग भुटिया समेतको अभिनय रहेको चलचित्रमा नायक जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायतको अभिनय रहेको छ ।

मधुसुदन ढकाल, महेश ढुङ्गाना र अजिता सुमार्गीले मिलेर निर्माण गरेको चलचित्र शिसा ननस्टप क्रियशनको व्यानरमा तयार गरिएको हो ।  नैना रेशम चलचित्रको सफल निर्देशन गरेका निर्देशक आरबिके शरदले चलचित्र वितरणका लागि अन्य निर्माता÷निर्देशकले भन्दा फरक तरिका अपनाईएकाले व्यापार राम्रो हुने अनुमान गरेका छन् ।

निर्देशक आरबिके शरदका अनुसार चलचित्रको काठमाडौंमा गोविन्द शाही र सुनिल रावलले वितरण गर्नेछन भने भने पुर्वमा उज्जल पौड्याल र मनोज राठिले वितरण गर्नेछन् । त्यस्तै पश्चिममा केदार पराजुलीले वितरण गर्ने भएका छन् ।

चलचित्रको सार्बजनिक प्रदर्शन अघि देशका विभिन्न ठाउँ लगायत भारतको केहि ठाउमा समेत च्यारिटी सो गर्ने लागेको निर्माण पक्षले जनाएको छ । काठमाडौंमा वितरणको जिम्मा लिएका गोविन्द शाहीले आरबिके शरदको निर्देशनको चलचित्र भएकाले राम्रो व्यापार गर्न सक्ने उल्लेख गरे ।

%d bloggers like this: