Thu. Apr 25th, 2024

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेकी नायिका गरिमा पन्तले “सार्क फिल्म फेस्टिबल २०१४” मा चलचित्र “झोला”बाट पाएको सर्वोष्कृट नायिकाको अर्वाडले यति बेला गरिमालाई नेपालमा सम्मानको ओहिरो लागेको छ । नेपाली चलचित्र नगरिमा सार्क फिल्म फेस्टिबलमा पहिलो पटक नेपाली नायिकाले सो अवार्ड पाएकी हुन् ।
कोलम्वोमा चलेको सार्क फिल्म फेस्टिबल २०१४ मा चलचित्र “साधुरो”लार्ई पनि सिल्भर अवार्ड र निर्देशक जोयस पाण्डेलाई उत्कृट निर्देशकको स्पेशल जर्नी अवार्ड पाएका थिए । यसरी नेपाली चलचित्र क्षेत्रबाट सो अवार्ड हात पारे पछि आज काठमाडौंमा नेपाल चलचित्र कलाकार संघले नायिका गरिमा पन्त र निर्देशक जोयस पाण्डेलाई सम्मान गरेको छ ।
सम्मान पाएपछि कार्यक्रममा बोल्दै नायिका गरिमा पन्तले “यस सम्मानले अझ आफुलाई जिम्मेवारी थपिदै गएको बताइन ।” त्यस्तै निर्देशक जोयस पाण्डेले कार्यक्रममा बोल्दै “यस सम्मानले आफु निकै खुसी भएको र आगामी दिनहरुमा अझै उत्कृट चलचित्रहरु निर्देशन गर्दै जाने बताए ।” कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका सम्पुर्ण पदाद्यिकारीहरु उपस्थित भएका थिए ।

%d bloggers like this: